नयाँ अनुहारमा चम्कियो रानी पोखरी

२०७७ कार्तिक ५ बुधबार ०९:१०:०० मा प्रकाशित

काठमाडौं । मल्लकालको चिनारीको रूपमा रहेको रानीपोखरीले पुनर्जीवन पाएको छ । हालैमात्र पुनर्निर्माण सम्पन्न भएको  रानीपोखरी विसं १७२७ मा राजा प्रताप मल्लले निर्माण गर्न लगाएका थिए ।

२०७२ सालको भूकम्पमा क्षति भएको रानीपोखरी र यसमा अवस्थित बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ । ग्रन्थकुट शैली यस मन्दिरको प्राचीन र वास्तविक शैली हो ।

यसअघि जंगबहादुर राणाले ग्रन्थकुट शैलीमा रहेको मन्दिरलाई गुम्बज शैलीमा पुनर्निर्माण गर्न लगाएका थिए । पछि १९९० सालको भूकम्पमा गजुरमा क्षति पुगेपछि पोखरी परिसरलाई जुद्धशमशेर राणाले अर्को स्वरुप दिए( जुन ०७२ को भूकम्प अघिसम्म रह्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अब रानीपोखरीलाई मोडल मानेर अन्य सम्पदाको पनि पुनर्निर्माण गरिने बताएका छन् ।

रानीपोखरी आज कात्तिक ५ गते उद्घाटन हुँदै छ ।

ताजा खबर