कोरोना महामारी: थपिए तीनहजार संक्रमित

२०७७ कार्तिक ४ मंगलबार १९:३४:०० मा प्रकाशित

 

काठमाडौं । मंगलबारको सरकारी तथ्यांक अनुसार देशभर ३ हजार ९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । १३ हजार १ सय ६८ नमुना परीक्षण गर्दा त्यति संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । तीमध्ये ९६ हजार ६ सय ९ जना निको भएका छन् । गत २४ घण्टामा २ हजार १ सय ८ जना कोरोनाबाट मुक्त भएका छन् । 

गत २४ घण्टामा कोरोनाबाट थप ८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ७ सय ६५ पुगेको छ । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ छ । देशभर १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेशनमा छन् । २८ हजार १ सय ९६ जना होम आइसोलेशनमा छन् । संक्रमितमध्ये २ सय ७३ जनाको आइसीयूमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिलेसम्म देशभर ४ हजार २ सय २० जना क्वारेन्टिनमा छन् ।

ताजा खबर