कोरोना संक्रमण: देशभर करिब तीनहजार, उपत्यकामा सत्रसय थपिए

२०७७ कार्तिक २ आइतबार १६:३७:०० मा प्रकाशित

 काठमाडौं । कोरोना भाइरस संक्रमित बढ्दैगर्दा आज फेरि देशभर २ हजार ९ सय ४२ जना थपिएका छन् । हिजो र आजको विवरणमा देशभर २ हजार ९ सय ४२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १४ हजार ८ सय ७५ नमूना परीक्षण गर्दा त्यति संख्यामा संक्रमित थपिएको बताए ।

तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १६९८ जना छन् ।

गत २४ घण्टामा २ हजार ३ सय २६ जना संक्रमित डिस्चार्ज भएको थाहा भएको छ । 

ताजा खबर