बनमाराले ठाउँ छाड्नैपर्छ  

२०७७ कार्तिक २ आइतबार १५:४०:०० मा प्रकाशित

अब समय अर्कै आएको छ
कालीझार, कुरोझार,गन्धेझार अनि बनमाराले अब 
ठाउँ खालि गर्नैपर्छ ।

गर्दैनन् भने खुर्पा, हँसिया र खुकुरीले सफाया गर्नुपर्छ
किनकि ती कान्लाहरू त झुसेतिल र घामफूलका लागि बनेका हुन्,


हिजोका दिनमा घामफूल फुल्थ्यो
र गोठाला खेताला रमाउँदै समय हेर्थे
हिजोका दिनमा झुसेतिल कोलमा पेलेर किसानहरूले 
भुटुन खान्थे,

कालीझार
बनमारा
र गन्धेझारहरू त उल्टो किसानलाई दुःख दिइरहेछन्
नभएको समय उनीहरूको शोषीरहेछन्,


अब यी झारहरू लाज पचाएर यसरी
अर्काको बारीकान्लो बिगार्न पाउँदैनन्
समय घामले अब अर्कै झारेको छ ।

बेला न कुबेला खेतबारी बिगार्दै हिँड्न अब घामले
चेतनाको कानुन बनाएको छ ।

हो सूर्यले दृष्टिीको पनि छुट्टै बिधान बनाएको छ
बनमाराहरूले अब ठाउँ छाड्नैपर्छ
र छेपाराहरूले आफ्नो रङ्गमा फर्कनैपर्छ ।
 

ताजा खबर