कोरोनाबाट सुन्सरीमा दुइजनाको मृत्यु 

२०७७ कार्तिक २ आइतबार १२:५२:०० मा प्रकाशित

इटहरी। सुनसरीमा आइतबार बिहान कोरोना संक्रमित दुईजना महिला र पुरुषको मृत्यु भएको छ ।  
 
  धरान उपमहानगरपालिका–८ की ८३ वर्षीया महिला हुन् भने इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरानकी महिलाको होम आइसोलेसनमा नै मृत्यु भएको हो भने उनी असोज ३० गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा थिईन् ।

कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार मुटु र मधुमेहको दीर्घरोगी ती पुरुषको आइतबार बिहान ३ः५ बजे मृत्यु हो ।

 असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको थियो ।

ताजा खबर