यसरी डिप्रेशनको कारण बन्दैछ सामाजिक सञ्जाल 

२०७७ असोज २८ बुधबार १०:२६:०० मा प्रकाशित

आजको दिनमा सामाजिक सञ्जाल निकै शक्तिशाली माध्यम मानिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ता पनि प्रत्येक दिन बढिरहेका छन् ।
 
उनीहरु आफू के गर्दैछु, कस्तो महसुस गरिरहेको छु के कुराले समस्या दिइरहेको छ भन्ने कुरा तत्काल सामाजिक सञ्जालको माध्यमबाट बाहिर ल्याउने गर्छन् ।  तर सामाजिक सञ्जालको आवश्यकता भन्दा बढी प्रयोगले कैयौं समस्या पनि उत्पन्न गराउने गरेको छ । भलै संवादको माध्यम भएकाले यसका बारेमा ठोस अध्ययन निकै कम भएका छन् भने हल्ला बढी हुने गर्छन् । मानिसहरु सामाजिक सञ्जालको लत बसेको बताउने गर्छन् । 

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले के हुन्छ  ?

प्रश्न उठ्ने गर्छ, सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ रु र कुन हदसम्म पार गर्नाले यसको तलमा परिन्छ रु यसका विषयमा अध्ययन समेत शुरु भएका छन् । तर यसबाट समेत ठोस परिणामसम्म पुग्न सकिँदैन ।
 
हालसम्म सामाजिक सञ्जाल प्रयोगका बारेमा जे जति अध्ययन भए यसबाट एउटा कुरा प्रष्ट छ सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने व्यक्ति मानसिक रोगको शिकार भैरहेका छन् । कुनै पनि कुराको नशा बस्नुले त्यसमा आवश्यकता भन्दा धेरै चासोलाई मात्र दर्शाउँदैन बरु नशा लाग्नुको अर्थ मानिसहरु आफ्नो मानिक तथा आवश्यकताका लागि त्यसमाथि निर्भर हुन थाल्छ।

उनीहरु आफ्नो वास्तविक दुनियाँमा रहेका सम्बन्धलाई वेवास्ता गर्न थाल्छन् । दैनिक जीवनर कामकाबीचमा हुने तालमेलमा समेत गडबडी देखिन थाल्छ । सामाजिक सञ्जालको नशा ठीक त्यस्तै हुन्छ, जसरी मानिसलाई मदिरा वा लागुपदार्थको नशा बस्ने गर्छ । 

जस्तो मानिस सामान्य तनावमा आउँदा पनि मदिरा सेवन गर्ने वा चुरोट पिउने गर्छ त्यस्तै लत सामाजिक सञ्जालको प्रयोगमा पनि देखिन्छ । बीबीसीको एउटा अध्ययनबाट के पाइएको छ भने यदि कुनै व्यक्ति दुई घण्टा वा त्यसभन्दा बढी सामाजिक सञ्जालमा बिताउँछ भने त्यो व्यक्ति पछि गएर डिप्रेशनको सिकार हुन्छ । उसले आफूलाई एक्लोपन महसुस गर्न थाल्छ । 

सामाजिक सञ्जालमा निरन्तर लागिरहँदा हाम्रो स्वाथ्यमा निकै नराम्रो असर पर्छ । राती ढिलासम्म फेसबुक वा ट्वीटर चलाएर बस्नाले नित्रामा नराम्रोसँग असर गर्छ। मोबाइल वा कम्प्युटरको स्क्रीनबाट निस्कने निलो रोसनीले हाम्रो शरीरमा उत्पन्न हुने मोलाटोनिनमा असर गर्छ । मोलाटोनिनले निद्रा लाग्न मद्दत गर्छ । यसको उत्पादनमा रोकावटका कारण हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न हुन्छ। 

ठिकसँग निद्रा पुरा नहुँदा अन्य कैयौं समस्या उत्पन्न हुन थाल्छन् । लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टर चाल्र्स टियक भन्छन्, यदी बेडरुपममा मोबाइल वा ल्यापटप छ भने सामान्यतया मानिस त्यसको प्रयोग गर्छन् । परिणाम निदसँग सम्झौता गर्नुपर्छ । यसबाट विशेषगरी युवाहरु प्रभावित भइरहेका छन् । 

सबैभन्दा बढी सामाजिक सञ्जाल कसले प्रयोग गर्छ  ?

एक अध्ययनका अनुसार धेरैजसो युवा, महिला वा एकल मानिसहरु सामाजिक सञ्जालको बढी प्रयोग गर्छन् । यसको अत्यधिक प्रयोगले कम तालीम, कम आम्दानी र आफैमाथि विश्वासको कमि हुन थाल्छ । मानिसहरु आफ्नो खराब मुडलाई ठीक बनाउन सामाजिक सञ्जालमा जान्छन्, तर अध्ययन के बताउँछ भने सामाजिक सञ्जालबाट पनि राहत मिल्दैन बरु उल्टै समस्या थपिन्छ । 

 लण्डनका मनोवैज्ञानिक डाक्टर जोन गोल्डिन भन्छन्, भर्चुअल दुनियाँमा त्यस्ता मानिसहरु त्यस्ता मानिसलाई साथी बनाउँछन्, जो वास्तविक जीवनमा निकै एकल हुन्छन् । भर्चुअल साथीहरु कामका हुनसक्छन् तर उनीहरु वास्तविक जीवनका साथीको विकल्प भने हुन सक्दैनन् । यसकारण डाक्टर गोल्डिन सल्लाह दिन्छन्, मानिसहरुले घरबाट बाहिर निस्किएर वास्तविक दुनियामा मानिसहरुसँग भेटघाट गर्नुपर्छ । 

पूर्वी युरोपियन मुलुक हंगेरीमा सामाजिक सञ्जाल एडिक्शन स्केल मापन गर्न सुरु गरिएको छ । यसको माध्यमबाट सामाजिक सञ्जालमा कसलाई कति लत बसेको छ भन्ने पत्ता लगाउन सकिन्छ । यसको माध्यमबाट हंगेरीमा ४.५ प्रतिशत मानिसमा सामाजिक सञ्जालको लत परेको पाइएको छ । यस्तो मानिसमा आत्मविश्वासको कमि देखिन्छ । यस्ता मानिस डिप्रेसनको शिकार हुने गरेका छन् । यस्ता मानिसलाई स्कुल कलेजमा सामाजिक सञ्जाल डिएडिक्सन क्लास लिएर उपचार गराउन सल्लाह दिइएको छ । सामाजिक सञ्जालको आवश्यकता भन्दा बढी प्रयोगले हामीलाई निकै बिरामी बनाउन सक्छ । 

ताजा खबर