दही खानोस् अनिन्द्राको दिक्दारीबाट मुक्त हुनुहोस्

२०७७ असोज २८ बुधबार १०:०५:०० मा प्रकाशित

दही बहु उपयोगी खानेकुरा हो । पर्याप्त पौष्टिक तत्वले भरिएको दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन पाइन्छ । यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । दहीलाई फरक–फरक तरिकाले प्रयोग गर्नाले यसबाट धेरै किसिमका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । यसप्रकार छन् दहीका महत्वपूर्ण फाइदा- 


पसिनाको दुर्गन्धबाट राहत : पसिनाको दुर्गन्धको समस्या भएका मानिसहरुले दही र बेसनको मिक्सचरबाट शरीर मालिस गरी केही समयपछि नुहाउनाले समस्याबाट छुटकारा पाउन सकिन्छ । 


हड्डी बलियो बनाउँछ : दहीको नियमित सेवनले हाम्रो शरीरमा हुने हड्डीहरुलाई मजबुत बनाउन मद्दत गर्छ । दहीमा प्रशस्त मात्रामा उपलब्ध हुने क्याल्सियमले हड्डी मजबुत बनाउन सहयोग गर्छ । 


मुटुसम्बन्धी समस्यामा उपयोगी: दहीले हाम्रो शरीरमा रहेको कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसले गर्दा मुटुसम्बन्धी समस्याको खतरा कम हुन्छ । 


जोर्नीको दुखाइमा राहत: दहीलाई हींगसँग मिलाएर खानाले जोर्नीको दुखाइबाट राहत पाउन सकिन्छ । 


पाचन प्रक्रियामा सुधार : दहीमा प्राप्त हुने सुगर एसिडले हाम्रो शरीरको पाचन प्रक्रियालाई बलियो बनाउन सहयोग गर्छ । जसले गर्दा पाचन प्रक्रियालाई नियमित बनाउँछ । 


तौल बढाउन सहयोगी: दहीमा किसमिस वा बदाम मिलाएर खानाले तौल कम हुनेहरुलाई तौल बढाउन मद्दत गर्छ । 


स्किनलाई चमकदार बनाउँछ: दहीमा कागतीको रस मिलाएर शरीरमा लगाउनाले छालालाई चम्किलो र आकर्षक बनाउँछ । 


कपालका लागि उपयोगी: कपाललाई पाँच मिनेटसम्म दहीले मालिस गरेर नुहाउनाले कपाल चम्किलो र सिल्की बन्छ । 


चायाँ हटाउन सहयोगी: दहीमा मरिचको धूलो मिसाएर टाउको नुहाउनाले चायाँको समस्याबाट छुटकारा पाउन सकिन्छ । सातामा दुई पटक दही र मरिचको धूलो मिसाएर नुहाउनाले चायाँबाट उल्लेख्य रुपमा छुटकारा पाउन सकिन्छ । 


निद्रासम्बन्धी समस्याबाट छुटकारा: दैनिक एक कचौरा दही खानाले निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ । (एजेन्सीको सहयोगमा)

ताजा खबर