बहुगुणी बेसार: स्वस्थ बनाउँछ अनि सुन्दर पनि

२०७७ असोज २८ बुधबार ०९:५३:०० मा प्रकाशित

हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी  छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कैयाँै रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।  

  •   अनुहारमा आएका दाग धब्बा हटाउनका लागि बेसार निकै उपयोगी हुन्छ ।  बेसार र कालो तिललाई बराबर पीनेर पेस्ट बनाई उक्त पेस्ट दाग धब्बा भएका ठाउँमा लगाउनाले फाईदा हुन्छ । 
  •   बेसारलाई दुधमा मिसाएर यसको पेष्ट बनाई अनुहारमा लगाउनाले छालाको रंगमा निखारता आउँछ । साथै अनुहार सुन्दर देखिन्छ ।
  •  कलेजो सम्बन्धी समस्यामा बेसारको प्रयोग गर्नाले फाईदा पुग्छ ।
  •   रुघा खोकी लागेका बेला दुधमा बेसारको धुलो मिसाएर पिउनाले रुघाखोकी निको बनाउँछ । 
  •   पेटमा जुका परेमा प्रत्येक दिन बिहान एक चम्मच बेसारको धुलोमा केही नुन मिसाएर खाली पेट एक सातासम्म खानाले जुका तथा अन्य किराहरु समेत मर्छन् । 
  •   बेसारको खाँचो टुक्रा मुखमा राखेर रस खानाले खोकीमा राहत मिल्छ ।
  • अनुहारमा अनावश्यक झुस आएमा नरिवलको तेलमा बेसारको धुलो मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई लगाउनाले अनावश्यक कपालबाट राहत पाउन सकिन्छ । 
  •  सामान्यतया घाममा जाँदा छाला रुखो हुने तथा डढने समस्या हुन्छ । यसबाट बच्नका लागि बेसारको धुलो, बदामको चुर्ण तथा दही मिलाएर प्रभावित स्थानमा लगाउनाले राहत मिल्छ । साथै यसले छालाको रंगमा पनि निखारता ल्याउँछ । सुर्यको प्रभावका कारण डढेर कालो भएको छालालाई पनि निको बनाउँछ । यसले एक किसिमको सनस्क्रिन लोशनकै रुपमा काम गर्छ । 
  • चोटपटक लागेको स्थानमा वा दुर्घटनाका कारण सुन्निएको स्थानमा बेसारको प्रयोग निकै उपयोगी मानिन्छ । यस्तो भएमा प्रभावित स्थानमा बेसारको लेप लगाउने तथा तातो दुधमा बेसाको धुलो मिसाएर खानाले लाभ हुन्छ । 
  •  बेसारको प्रयोगले रगत सफा हुन्छ । साथै यसले शरीरमा रोग प्रतिरोधात्मक क्षेमता समेत अभिवृद्धि गर्छ । 
  •  महिलाहरुका लागि अनियमित महिनावारीलाई नियमित बनाउनका लागि बेसारको प्रयोग फाइदाजनक मानिन्छ । 

ताजा खबर