उपत्यकामा मात्रै २१ सय संक्रमित थपिए

२०७७ असोज २७ मंगलबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै २ हजार १ सय २९ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो आजको परीक्षण विवरण हो । जसअनुसार, काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।  

ताजा खबर