आहा, साँच्चै दर्शनीय प्राकृतिक स्थलहरु 

२०७७ असोज २७ मंगलबार १२:३९:०० मा प्रकाशित

ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ पैदलयात्रा गएका शोधकर्ता युवा देबराज भारद्वाजले केही दिन अघि खिचेका हुन् यी मनमोहक दृश्यहरु । चीन र सिक्किमसँग सीमा जोडिने यो नेपाली भूमि ओलाङचुङगोला नजिकको डाँडापाखा नामले चिनिन्छ ।

 आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्य हुन योग्य यी स्थानहरुले केही अत्यवाश्यक पूर्वाधारमात्र माग गर्दछन् । पर्यटकका लागि आवास र पथप्रदर्शकको मात्र प्रवन्ध हुनसकेमा उच्च पहाडका यस्ता अवलोकनस्थलले स्थानीय उत्पादनको महत्व बढाउनमा उल्लेख्य योगदान दिनसक्ने पदयात्रीको अनुभव छ ।

संयोगले पर्यटन मन्त्री योगेश भट्टराईको गृहजिल्ला भएकाले यस्ता गन्तव्यलाई लक्षित गरेर मन्त्रालयले योजना बनाउन सक्ने छ । यसमा प्रदेश सरकार पनि जिम्मेवार हुन आवश्यक देखिन्छ । 

ताजा खबर