कपाल कालो बनाउने घरेलु उपाय

२०७७ असोज २५ आइतबार १२:००:०० मा प्रकाशित

एजेन्सी । मानव शरिरमा छाला र कपाल संवेदनशील हुन्छ । कपाल सेतो हुने समस्या उमेर ढल्केका मानिसलाई मात्र नभइ युवामा पनि देखिने गरेको छ । कपाललाई कालो बनाउने कृत्रिम प्रविधि अर्थात् हेयर डाई गर्नु छोटो अवधिको लागि मात्र हुन्छ । यसको विपरित प्राकृतिक रुपमा कपाल कालो बनाउँदा दिर्घकालीन हुनुको साथै अन्य साइड इफेक्टबाट पनि बच्न सकिन्छ ।

यस्तै प्राकृतिक विधिको बारेमा यहाँ चर्चा गरिएको छ ।

– नरिवलको तेल र करीका पातहरु मिसाएर कपालको लागि टोनिक बनाउने    

२ चम्चा नरिवलको तेल र ६ वटा करीको पातको मिश्रणलाई भाँडोमा पकाउने । उक्त समिश्रण चिसो भएपछि कपालमा लगाइ मालिस गर्ने । यस समिश्रणले सेतो हुँदै गएको कपाललाई कालो बनाउँन मद्दत गर्छ ।    

– करीका पातहरु नरिवल र दहीको मिश्रण 

  
३ चम्चा दही, ६ वटा करीको पात र एक चम्चा नरिवलको तेललाई मिलाई पेष्ट तयार गर्ने । २०÷२५ मिनेटको पछि यसलाई लगाउने । हप्तामा दुई तिन पटक यसरी पेष्ट लगाउनाले पनि कपाललाई कालो बनाइ राख्न पद्दत गर्छ ।    

– करीका पात र नरिवलको चिया

   
एक भाँडो पानी लिएर पातहरु हाल्ने, कागतीको रस नरिवलको तेलमा हाल्ने, यसलाई कालो रंगको चिया जस्तो नभएसम्म मिश्रणलाई पकाउने । १५–२० मिनेट पछि सेलाएपछि उक्त औषधीलाई कपालमा मजाले लगाउने र केहि समयपछि पखाल्ने । यसो गर्नाले कपाललाई कालो बनाउन सकिन्छ ।    

– करीको पातको र लौकाको पेष्ट

   
लौकाको टुक्रा र १० वटा करीको पातको नरीवलको तेलमा भिजाएर ३/४ दिन राख्ने । त्यसपछि यसलाई कालो नभइन्जल उमाल्ने र ग्याँस बन्द गर्ने । कालो भएको तेललाई हप्ताको दुई पटक तेल १ घण्टा सम्म तेल    लगाउने । यसले पनि कपालको कालोपनलाई फर्काउन मद्दत गर्छ ।

यी उल्लेखीत घरेलु विधिहरुको प्रयोग मितव्ययी हुनुको साथै हितकारी रहेको बताइन्छ । अनावश्यक केमिकलको प्रयोगले कपाल लगायत छालालाई खराब गर्ने भएकोले बेलैमा यसबारे सचेत हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।     

ताजा खबर