छालामा समस्या छ भने यस्तो हुनसक्छ कारण  

२०७७ असोज २५ आइतबार ११:४१:०० मा प्रकाशित

मानिसको शरीरको छालामा देखिने समस्यालाई सामान्यतया एक्जिमा भनिने गर्छ । छाला सुन्निने, दाग बस्ने, खुम्चिने र छालामा हुने बिकारको लक्षणलाई  त्यस्तो संज्ञा दिइँदै आइएको पाईन्छ ।
मानिसले सेवन गर्ने पोसिलो खानेकुरा जस्तै वदाम, सुपारी, नरिवल तथा अन्य दुग्ध पदार्थमा यो रोगले प्रश्रय लिने चिकित्सकहरु बताउँछन् । त्यसो त अमिल्दो स्वास्थ्यमा प्रयोग हुने सामग्री जस्तै साबुन, स्याम्पु र वास्नाको कारण पनि एलर्जी भने हुँदै जाने गर्छ नै ।

एक्जिमा लक्षण

मानिसको छालामा देखिने धव्वाहरुलाई डरमाटाइटिस वा एक्जिमा भनिन्छ ।
– छाला सुख्खा हुने
– सुन्निने
– चिलाउने
– खुल्ला हुने, धुलो पर्ने, फोका भएर पानी बग्ने
बालबालिका र शिशुमा एक्जिमाको लक्षण
– गालामा फोका पर्नु
– घुँडामा घाउ खटिरा उत्पन्न हुनु
– घाँटी, कुइनो, कुर्कुच्चो, गोडा र गुद्वारमा घाउ उत्पन्न हुने
वयस्कमा देखिने लक्षणमा
– शरिरमा खटिरा फैलिने
– सुख्खा हुन
– चिलाउने
– छाला सम्बन्धि विकार उत्पन्न हुने
– घरेलु उपचार 

चिकित्सको दावी छ, घरेलु प्रविधि नै एक्जिमाको उपचार विधिको उत्तम उपाय हो । विरामीको उमेर, रोगको परीक्षण र उसको स्वास्थ्यको उपचारको विधिबाट यो रोगको सफल परीक्षण हुने विश्लेषण गरिन्छ । तातोपानीमा नुहाउने, खुला हावामा केही समय बस्ने,  सुतीको लुगा र न्यानो कपडा धारण गर्नाले मानिसको स्वास्थ्यलाभ हुने गर्छ । कसिलो कपडा प्रयोग नगरि शरिरमा हावा पस्ने खुला कपडाको धारण नै सजिलो हुने गर्छ । यस किसिमका विरामीले हातका नङ्ग सधैं सफा राखि काट्नु वेस मानिन्छ ।

उपचारको विधि

कोर्टिअस्टाइड मलम हरुको प्रयोगले सुख्खापनमा कमी ल्याउँछ । यस्ता औषधी औषधालयको परीक्षण पछि मात्र प्रयोगमा ल्याइँदा उत्तम हुने विश्लेषण गरिन्छ । एन्टिबायोटिकले छाला चिल्लो राख्न उपयोगी हुन्छ । एन्टीभाइरल, एन्टीफंगस र मोस्चराइजरको कारण यस किसिमका छाला सम्बन्धि रोग निराकरण गर्न उत्तम हुने भनिएको हो । रोग लाग्नु पछाडिका कारण भने शरीर सुहाउँदो एलर्जि हुने खानेकुराको सेवन, तातो र चिसो  अनावश्यक तनाव, हर्मोन हुन्। (विभिन्न स्रोतबाट)

ताजा खबर