एक दिन बिहान
हजारौं दिनहरु बितेर जाँदछन्
समयको रफ्तारलाई कसले पो रोक्न सक्यो र !
बिहानी जे जस्तो नै किन नहोस्
सॉंझसम्म त समय आफ्नै न हो
फरक केवल यति नै छ
कोही टाढा पुगे त
मुस्कान बटुल्न सके भने
कोही खुशी छन् त कोही निराश देखिये !
समयले ढॉंट्न जानेन
प्रकृती लुक्न सक्तैन
खोला आफैं सुक्तैन
जीवन पनि आफैंआफ चल्न सक्तैन
बिडम्बना कस्तो यो जीवनको
कहिले आउने कहिले जाने भन्नै नसक्ने !
पछि फर्केर हेर्दा बाल्यकाल कथा जस्तो
धीप धीप चुट्टेको रील जस्तो
आफ्ना सबै कथा हराए जस्तो
कोही कोही बेला मेलामा भेट भए जस्तो
पण्डितजीको सिनेमा जस्तो
शुरु अनी अन्तको पत्ता नभए जस्तो !
त्यसैले होला हर एक पर्खन्छ यहाँ
सुन्दर रमाईलो एक दिन बिहानको
नीलो घमाईलो रमाईलो दिनको
हरियो नौलो पत्ता अनी शीतल छहारीको
खुला आकाशमा स्वाभिमानको
निर्धक्कसित हक जताउनसक्ने
गौरवमय आनन्द पलको !
आफ्नोपनको ढीट् मान्न सक्ने
केवल मेरो हाम्रो भन्न सक्ने
सपना बिपना कल्पना साकार पार्ने
कैयौं तपश्या अनि गाथा मर्मको
कहानी कैयौं पिढीको
सुनौलौ रंगमा डुबेको
खोई त्यो मेरो सुन्दर कल्पनाको
एक दिन बिहान !
एक दिन बिहान !!
२९-०९,२०२०
सिलगड़ी