वीपीका चर्चित पत्र रमेशनाथको 'क्रान्ति र प्रतिक्रान्ति' सँगै बजारमा 

२०७७ असोज २१ बुधबार ११:२९:०० मा प्रकाशित

 काठमाडौं । रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक 'क्रान्ति र प्रतिक्रान्ति' बजारमा आएको छ  । पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेस छन् ।

 पूर्व पररास्ट्र मन्त्रि पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलन देखि बर्तमानसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक/सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका  आधारमा नेपाली राजनीतिको  भविस्यका बारेमा विस्तारमा चर्चा गरेका छन् ।

पुस्तकका सन्दर्भमा लेखक भन्छन् – '२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैं संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर  र उपयोगी हुने आशा गरेको छु । सुन्दरीजल सैनिक जेलबाट बीपीले मलाई लेखेका चिठीहरु कालजयी छन् । पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु प्रासङ्गिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुने छन् ।'
 
लेखकको यसअघि 'कूटनीति र राजनीति' प्रकाशित भएको थियो ।  


 

ताजा खबर