मनोसामाजिक समस्याको परिवेशमा एउटा सान्दर्भिक सामग्री

२०७७ असोज २० मंगलबार १४:३०:०० मा प्रकाशित

कोभिड १९ ले विश्वलाई नै त्राहिमाम बनाइरहँदा  नेपाललाई पनि यो महामारीले अछूतो राखेन । प्रभावलाई नै हेर्ने हो भने धेरै मानिस निको भएका छन् - केही मानिस हामीले गुमाएका छौँ । सङ्क्रमण अद्यापि भयावह नै छ । यसो हुँदाहुँदै पनि यो रोगको वनको बाघ भन्दा मनको बाघ बलशाली भयो । त्यसबाट हामीले धेरै गुमायौँ - त्योमध्ये एक हो आत्महत्याबाट भएको मानवीय क्षति । आफ्ना व्यस्ततामा गुज्रेको नेपाली जनजीवन कोभिड सङ्क्रमणको रोकथामस्वरूप झन्डै सात महिना सकसमा बित्यो । मानिस मनोसामाजिक समस्याबाट गुज्रिन थालेँ। हुन त यो महामारीको समयमा मात्रै होइन अघि पनि धेरै मानिस मनोसामाजिक समस्याबाट गुज्रिरहेको अवस्था हो । तथापि हाम्रो स्वास्थ्य प्रणालीले अझसम्म मानसिक स्वास्थ्यसेवालाई आधारभूत तहको स्वास्थ्य सेवा बनाएको छैन । यसको अर्थ सरकारले मानसिक स्वास्थ्यसमस्यालाई नजरअन्दाज गर्दै आएको छ भन्ने नै हुन्छ । यसैले धेरै मानिसमा मानसिक स्वास्थ्यको ज्ञान र सावधानी छैन भै हाले पनि उचित उपचारको पहुँचभन्दा टाढा छ।

यस्तो परिवेशमा 'मनोसामाजिक समस्यास् आकलन,मद्दत र विमर्श' नामको हाते किताब सार्वजनिक भएको छ- रवीन्द्र भट्टराई र भूपेन्द्र गुरुङद्वारा लिखित । एसिएन एकेडेमी फर पिस, रिसर्च एन्ड डेभलपमेन्टद्वारा प्रकाशित यो किताबले समुदायमा कार्यरत स्वयंसेवकरसहजकर्ता स्वयंसेवकका लागि मनोसामाजिक स्वास्थ्य र समस्याका बारेमा आधारभूत ज्ञान उपलब्ध गराउन मात्र चाहेको छैन, मनोसामाजिक स्वास्थ्य र समस्याका बारेमा मूलभूत कुरा जान्न चाहने जो कसैका लागि एउटा स्रोतका रूपमा आफूलाई पस्कन सफल भएको छ । 
सातवटा परिच्छेदमा बाँडिएको हातेकिताब मनोसामाजिक समस्याको यथार्थ, यसका कारण र तिनलाई न्यूनीकरण गर्नमा समाजमा बस्ने हरेकको भूमिकालाई पनि प्रस्ट्याएको छ । अझ लेखकहरूले मनोसामाजिक स्वास्थ्यका समस्यालाई नागरिकका मानवअधिकार र मौलिक आलोकबाट हेरेर सरकारको दायित्व पनि खुलेर चर्चा गरेका छन्। 

नेपाली समाजमा मानसिक स्वास्थ्य समस्यालाई रोगको रूपमा नलिइनु, स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई जनस्वास्थ्यसँग समाहित नगरिएको सन्दर्भले राम्ररी चिरफार गरेको छ । मानिस पूर्ण रूपमा स्वस्थ हुनका लागि शारिरिक मात्र होइन मानसिक रूपमा पनि उत्तिकै सबल हुनुपर्छ भन्ने कुरामा पुस्तकले निकै जोड दिएको छ। जनस्वास्थ्य सेवा प्रणालीमा मानसिक स्वास्थ्यलाई समेट्नै पर्ने पाटोलाई पुस्तकले साह्रै सान्दर्भिक ढङ्गले उठाएको छ।  

मनोसामाजिक समस्या कहाँ र कसरी उत्पन्न हुन्छन्रु भन्ने प्रश्नलाई यस हाते किताबले स्पष्ट उत्तर दिएको छ। मनोसामाजिक समस्याका कारण,  पार्नसक्ने असर र त्यस्ता समस्याको न्यूनीकरणका लागि आवश्यक उपायहरू नेपाली भाषी साधारण व्यक्तिले पनि बुझ्न सक्ने सरल शैलीमा दिएको छ । किताबले समेटका मूल विषयमास् व्यक्ति स्वयं वा समाजबाट उत्पन्न हुने मनोसामाजिक समस्यास् दुर्व्यवहार, आत्महत्या, आघातपूर्ण चिन्ता विचलनस सामाजिक समस्या सिर्जना गर्ने मनोसामाजिक समस्यास् उपद्रो, उल्टा सामाजिक बरव्यवहारस मनोसामाजिक समस्याबाट उदय हुने सामाजिक समस्याका रूपमा मादक तथा लागू पदार्थ सेवन र घरेलु हिंसास र मनोसामाजिक समस्या उत्पन्न गराउने सामाजिक समस्यास् हिंसात्मक व्यवहार, हिंसापूर्ण अपराध, बाल दुर्व्यवहार जस्ता विषयमा हाते किताबले मनग्गे प्रस्ट्याउन चाहेको छ ।

मनोसामाजिक समस्या धपेडि र तनावका कारण पनि सिर्जना हुन्छन् र तिनका जोरकारणका रूपमा चिन्ता र चिन्तागत विचलन, अम्बलरदुर्व्यसनरपदार्थ निर्भरताले निम्त्याउने मनोसामाजिक समस्या, विरक्तिरउदासिनता ९डिप्रेसन० जस्ता समस्याका लक्षणसमेत दिएर समस्या बुझ्न सहजीकरण गर्न खोजेको पाइन्छ । मनोसामाजिक समस्या आफुलाई भए नभएको र मनोसामाजिक समस्याका बारेमा मद्दत वा प्रारम्भिक उपचार र विमर्षका लागि एक स्वयंसेवक भएको कारणले मात्रै आफु योग्य भए नभएको थाहा पाउनको लागि स्वपरिक्षण गर्न सकिने केही तरिका पनि किताबमा दिइएको छ। 

हाम्रो समाजमा मानिस खुलेर मनोसामाजिक समस्याको बारेमा कुरा गर्न हिच्किचाउछन्। त्यसैले कुनै पनि मनोसामाजिक समस्याका लक्षण देखिएका व्यक्तिसँग उनिहरूको सहयोगको लागि कुरा कसरी अगाडि बढाउने भन्ने उपाय पनि दिइएको छ। मनोसामाजिक समस्या भएका मानिसलाई मद्दत गर्न चाहने व्यक्तिले केकस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ भन्ने कुरामा राम्रो मार्गदर्शन दिएको छ किताबले । व्यस्त र तनावपूर्ण जीवनलाई सहज बनाउन रिसको नियन्त्रण गर्ने ध्यान र योगका विधि अपनाउन पनि केही बाग्डोर पुस्तकले दिएको छ ।   

आत्महत्याको खबर दिनहुँजसो सुनिने गरेको छ । यस्ता आत्महत्या वा आत्महत्याका लागि गरिएका प्रयासका घटनालाई पनि मनोसामाजिक समस्यामाभित्र सम्बोधन गरेर हेरिनुपर्ने कुरा यस पुस्तकमा उल्लेख छ। मनोसामाजिक समस्यालाई समुदायले कसरी सम्बोधन गर्ने र आत्महत्याको जोखिम कम गर्दै यसको रोकथामका लागि समुदायका तहमा गरिनुपर्ने प्रयासका लागि पुस्तकले राम्रो बाटो देखाउन खोजेको छ । 

समाजमा मनोसामाजिक समस्या चर्काउने नयाँ विषय विद्युतीय दादागिरी ९साइबर बुलिङ० बनेको छ । यसैका कारणले कतिले आत्महत्या पनि गरेका तथ्य बाहिर आएका छन् । यतातिरचाहिँ लेखकहरूको ध्यान पुगेको देखिन्न । यस्तै विद्यालयमा हुने मजाकी र दादागिरी (रेगिङ र बुलिङ) पनि छुटेको देखिन्छ । आत्महत्याको सन्दर्भमा यी कुरा थपेको भए अझ उत्तम हुने थियो । 

कुल १३० पृष्ठको सानो हाते किताब प्रस्तुतिका हिसाबले त्यस्तो आकर्षक नहोला तर किताबमा भएको सूचना, सन्देश र सुझाइएका उपायचाहिँ सामान्य पाठकका लागि पनि जीवन उपयोगी छन् । किताबको शक्ति त्यसैलाई मान्नुपर्छ । 
 

ताजा खबर