कवि तथा गीतकार विप्लव प्रतीकको कविता वाचन (धारावाहिक)

२०७७ असोज १५ बिहीबार ११:४४:०० मा प्रकाशित

काठमाडौं । विप्लव प्रतीक सुपरिचित नाम हो, कविता र गीतको नेपाली आकाशमा । यो आकाशका ताराहरुमध्ये निकै चम्किला तारा मानिन्छन् विप्लव उनका मार्मिक गीत र कविताको गहन वजनले । विम्व चयनमा औधी नै प्रकृतिप्रेमी लाग्छन् उनी । कविता होस् या गीत विप्लवले चुनेका प्राकृतिक विम्वले दुवैलाई जीवन्त बनाएका छन् । यी दुइ विधामा विप्लवको आशनलाई बलियो बनाउन प्रकृतिप्रेमले महत्वपूर्ण भूमिका खेलेको महसुस गर्न सकिन्छ ।

अर्को उल्लेख्य पक्ष के हो भने विप्लव पुस्ताभेद गर्दैनन् । उनले पाका, समकालिन र युवा पुस्ता सबैलाई एकसाथ जोडेका छन् आफ्ना सिर्जनामा । तिनै पुस्ताले उति्तकै रुचाईएका सर्जक हुन् विप्लव भन्नमा कुनै कञ्जुस्याँईं गरिराख्नु पर्दैन । यसको मूल कारण हो उनले चयन गर्ने कथा र कथालाई प्रस्तुत गर्ने मोहक शैली । विम्व र प्रतीक छ छँदैछन् ।

विप्लवलाई सर्जकका रुपमा प्रेम र स्नेह गर्ने पाठक र स्रोताका लागि सुविधा होस् भनेर उनकै आवाजमा कविता वाचन श्रृंखला सुरु गरेका छौं । दृश्य टिभीमा उनका कविता क्रमशः आउनेछन् । सुन्दै गर्नुहोला र तपाईंका अमूल्य आलोचनात्मक सुझाव पनि दिँदै जानुहोला । यसपटक सुनौ यो मार्मिक कविता– 

 

ताजा खबर