विवादमा कांग्रेसः 'वरिष्ठ' नेताको चञ्चलता शंकाको घेरामा

२०७७ असोज १३ मंगलबार १२:४३:०० मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसका 'वरिष्ठ' नेता रामचन्द्र पौडेलको भूमिका शंकाको घेरामा परेको छ । उनले हालै बुझाएको विरोधपत्रले गतिलो समर्थन पाउन नसकेको तर आलोचना भने धेरै नै बटुलेको पाईएको छ । पौडेलको विरोधपत्र हस्ताक्षर अभियानले कांग्रेसभित्रको गुटबन्दीलाई थप मलजल गरेको उनकै समर्थनमा रहेका नेताहरुले बताएका छन् । एक केन्द्रीय सदस्यका भनाईमा 'पौडेलको अभियान वालशुलभ चञ्चलतामात्र हो सामुहिक परिपक्व निर्णय' भएको   छैन ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पौडेलको हस्ताक्षर अभियानलाई समर्थन गरेनन् र हस्ताक्षर गर्न रुचाएनन् । उनले पौडेल अभियानको कुनै महत्व नभएको अर्थ लाग्ने गरी उपेक्षा समेत गरिदिए ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले त पौडेलको विरोधपत्र अभियानले पार्टीलाई थप कमजोर बनाउने तर्क गर्दै 'विरोधपत्र कांग्रेस सिध्याउने खेल' भनी कडा आलोचना गरेकी छिन् । सभापति शेरबहादुर देउवा विरोधी खेमाका नेता भनी प्रचारित पौडेलले उल्लेख्य समर्थ नजुटी नै विरोधपत्र पार्टी कार्यालयमा बुझाएका छन् । 

  सुजाताले कम्युनिस्ट सरकारसँग जुध्नु पर्ने वेलामा आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको विरोधपत्रप्रति गम्भीर असहमति प्रकट गरेकी हुन् । एक टेलिभिजन अन्तर्वार्तामा सुजाताले कोइराला समूहका नाममा विरोध पत्रमा आफूले असहमति छ भन्दाभन्दै हस्ताक्षर समावेश गराएको पनि बताएकी छिन् ।

सुजाताले कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने बताउँदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेका कि्रयाकलाप आफूलाई मान्य नभएको पनि बताएकी छिन् । 'सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुँदैन, दोष सबैको छ,' उनले भनिन्, शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ । तर, हामीहरुको तिर त गुटैगुटमात्र छन् । त्यसभित्र पनि कसले कसलाई सिध्याउने भन्ने छ । त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु ।'

 सुजाताले पार्टी सभापतिले गठन गरेको विभागलाई बहिष्कार गर्नु पनि पौडेललगायतका नेताहरुको गम्भीर गलि्त भएको बताएकी छिन् । 'पार्टीको विभाग ढिला गठन भएपनि त्यसले पार्टीका साथीहरुको मनोवल बढाएको छ र संगठनमा लाग्न सजिलो भएको छ,' उनले भनिन्, …ढिलो बन्यो भनेर विभाग गठनप्रति नै असहमति जनाउनु उपयुक्त होइन ।'

 'शेरबहादुरजी र रामचन्द्रजी दुबै समूहमा राम्रा साथीहरु पनि छन् । दुबैलाई मिलायो भनेमात्र कांग्रेस बलियो हुन्छ,' सुजातले भनिन्, होटल र रेस्टुरेन्टमा बसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दा पनि पार्टी अफिसमै बसेर सभापतिलाई पनि राखेर छलफल गर्नुपर्छ ।'

उनले पार्टीभित्र विवादको विउ रोप्ने योजना भएको भन्दै त्यसबाट सबै नेताहरु सुरकि्षत हुनुपर्ने पनि बताईन् । 'कांग्रेसभित्र धेरै ठूलो विवादको बिउ रोप्ने कोशिस हुँदै छ । रामचन्द्रजीको कि्रयाकलापबाट म खुशी छैन । पार्टी सभापतिको चुनाव लड्न गुटबन्दीका लागि वहाँले जे पनि गर्नुभएको छ,' सुजाताले भनिन्, …तपार्इँ नेकपासँग लड्ने कि आफ्नै पार्टीभित्र लडेर समाप्त हुने ?'

रामचन्द्र पौडेलले पटक पटक अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसकेकोे उनको आरोप  थियो । 'रामचन्द्रजीले केहि पाइन भन्ने हो भने मैले किन नभन्ने ? वहाँलाई पटकपटक अवसर दिएको हो । पटकपटक पदाधिकारी हुनुभयो । गत महाधिबेशनमा सभापति लड्नुभयो । प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन । फेरी हार्नुभयो । पार्टीले त उहाँलाई धेरै दियौं' सुजाताले भनेकी छिन् ।

नेता पौडेलले सभापति देउवा विरुध्द चलाएको हस्ताक्षर अभियानप्रति समर्थन हुँदाहुँदै पनि पौडेलको कार्यशैलीले धेरै नेताले हस्ताक्षर नगरेको बुझिएको छ । समूहगत छलफल र परामर्श भन्दा व्यकि्तगत निर्णयमा बढी विश्वास गर्ने पौडेलको कार्यशैलीले समर्थक घटाएको एक नेताले बताए ।

ताजा खबर