कोरोना असर: एकैदिन ५ को मृत्यु, ८०९ संक्रमित

२०७७ असोज ११ आइतबार १६:४४:०० मा प्रकाशित

काठमाडौं । उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ भने ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

अहिलेसम्म १९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ छन् भने होम आइसोलेसनमा १० हजार ६९८ बसेका छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेको बताईएको छ ।

नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको मन्त्रालयले जनाएको छ।  

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भैसकेको छ। आइतबार मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

ताजा खबर