थपिए एक हजार ३२५ सङ्क्रमित, दशको मृत्यु 

२०७७ असोज ४ आइतबार १६:३६:०० मा प्रकाशित

काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५८४ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण पुगेको छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४६ हजार २३३ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेको छ । हाल १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

संस्थागत आइसोलेसनमा नौहजार ७१ सहित आइसोलेसनमा कुल १७ हजार ४७८ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४५१ जना छन् ।

दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ । मृत्युदर शुन्य दशमलब ६४ प्रतिशत रहेको छ ।

ताजा खबर