पाटन र मेघा अस्पतालमा दुइ संक्रमितको मृत्यु

२०७७ भदौ २७ शनिबार ११:४८:०० मा प्रकाशित

 ललितपुर । पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ ।

पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको आज शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । संक्रमण पुष्टि भएपछि ती पुरूष भदौ १९ गते अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा ती पुरूषको आज बिहान मृत्यु भएको हो ।

पाटनमै उपचाररत भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । ती पुरूष भदौ १७ अस्पताल भर्ना भएका थिए ।

यसअघि आजै बिहान ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।

ताजा खबर