कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन शनिबार

२०७७ भदौ २६ शुक्रबार १४:३४:०० मा प्रकाशित

काठमाण्डौं । चर्चित कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन कार्यक्रम हुने भएको छ । 

पोखरा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर जुटिरहेका कवि श्रेष्ठका मुक्तक र कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । 

कविता र मुक्तकका दर्जन बढी एकल वाचन गरिसके भएका कवि श्रेष्ठले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरिसकेका छन् । यसअघि आठ वर्षअघि पनि काठमाण्डौंमा उनको एकल मुक्तक वाचन कार्यक्रम भएको थियो ।

ग्लोबल कन्सल्ट, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ , होलिष्टिक माइन्ड एण्ड लाईफ सेलिब्रेसन सेन्टर र कानेखुसी मिडियाको आयोजनामा हुने उक्त कार्यक्रममा करिव पचास वटा मुक्तक वाचन गरिने कवि श्रेष्ठले जानकारी दिए। 

कोविडको महामारीका कारण जुमका माध्यामबाट हुने उक्त मुक्तक कार्यक्रम भदौ २७ गते शनिवार हुने छ । कार्यक्रमलाई फेसबुक, युटुब लगायतबाट प्रत्यक्ष प्रशारण गरिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक भोजराज न्यौपानेले बताए ।

ताजा खबर