१२४६ कोरोना संक्रमित थपिए 

२०७७ भदौ २५ बिहीबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १ हजार २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । गत २४ घण्टामा ११ हजार १ सय ४४ को पीसीआर परीक्षण गर्दा त्यति संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको  संख्या ५० हजार ४ सय ६५ पुगेको छ । तीमध्ये ३५ हजार ७ सय जना निको भएका   छन् । गत २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ ।  देशभर ५ हजार ८ सय ६ जना क्‍वारेन्टिनमा छन् । अहिलेसम्म कुल ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

ताजा खबर