कालोसूचीमा परेको ओम्नीलाई काखी च्याप्दै जनक शिक्षा 

२०७७ भदौ २५ बिहीबार ०९:४४:०० मा प्रकाशित

 काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले रासायनिक मल आपूर्ति गर्न नसकेर कालोसूचीमा परेको ओम्नी ग्रूपलाई काखी च्यापेको थाहा भएको छ ।

 प्राप्त विवरण अनुसार, २०७७ साउन २३ गते जारी गरेको ३ हजार मेट्रिक टन ७० ग्राम प्रिन्टिङ पेपरको रिटेण्डरमा ओम्नी ग्रूपले सत्यतथ्य लुकाई टेण्डर भरेको भएपनि त्यस तथ्यलाई लुकाएर साथ दिईएको बुझिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त ओम्नी ग्रूपले उपलव्ध गराएको जमानत नम्बर ज्द्यीन्ए ण्ज्ञठटण्ज्ञघघ रकम अमेरिकी डलर ५१६९२२ जफत गरी सार्वजनिक खरिद ऐन २०६३ दफा ७ बमोजिम २०७६ चैत २४ मा कालो सूचिमा राख्न सिफारिस गरेको थियो । उक्त आदेश विरुध्द ओम्नी ग्रूपले रिट दायर गरेकोमा सो मुद्दा सर्बोच्च अदालतमा बिचाराधीन रहेको छ । विज्ञहरुका अनुसार, अदालतमा मुद्दा बिचाराधीन रहेको अवस्थामा त्यस्तो कम्पनीकमो टेण्डर स्वीकार गर्न मिल्दैन ।

सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत गरिने सबै किसिमका खरिद मुद्दामा रहेका मामिलाको सम्पूर्ण विवरण खुलाई टेण्डर भर्नुपर्ने नियम रहेकोमा सोही बमोजिम जनक शिक्षा सामग्री लिमिटेडले जारी गरेको ३ हजार मेट्रिक टन टेण्डरमा पृष्ठ संख्या ३६ को जानकारी र तथ्य जानकारी गराउनु पर्नेमा ओम्नीले सर्बोच्च अदालतमा रहेको मुद्दा र कालो सूचिमा राख्न गरिएको सिफारिस समेत छलेर टेण्डर भरेको छ ।

कालोसूचीमा राखेको कम्पनीले कसरी टेण्डर प्रक्रियामा भाग लियो र यसबारे सार्बजनिक सञ्चारमाध्यममा समाचार समेत प्रकाशित भैसकेको अवस्थामा जनक शिक्षाले किन टेण्डर स्वीकार गर्यो भन्ने प्रश्न उठेको छ ।

साथै सर्बोच्च अदालतमा बिचाराधीन मुद्दा समेत १७ करोडको न्यायिक प्रक्रियाको बिषय छलेर काम गरिएको समाचार सूत्रले जनाएकोे छ ।

यसबारे सरोकारवालाबाट लिखित उजुरी समेत परिसकेको थाहा भएको छ । यति हुँदाहुँदै पनि केन्द्रले कसरी निर्णय गर्छ भन्ने चासोको बिषय बनेको छ ।


 

ताजा खबर