बीएण्डसी अस्पतालका १२ डाक्टर र नर्स संक्रमित

२०७७ भदौ २१ आइतबार १५:१७:०० मा प्रकाशित

 बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्स गरी १२ जनामा संक्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

यस विषयमा नगरपालिकामा बैठक भएको छ । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

ताजा खबर