मेरा गुरू बा'  !

२०७७ भदौ २१ आइतबार १०:३४:०० मा प्रकाशित

सादा कागजमा मसी हाल्ने 
विभिन्न बिरुवाका माली बन्ने
मेरो हर विजयको गिन्ती राख्ने 
मलाई ठेस लाग्दा उठाउन आउनु हुने
उनी थिए, मेरा पूज्य गुरू बा !

मेरो सफलताका आकांक्षा राख्ने 
मसितै नानी बनी खेल्ने कुद्ने 
नीलो आकाशको रंग चिनाऊने 
सत्यताको बाटो पहिलाउने
यस्तै थिए मेरा गुरू बा !

भोक केवल ज्ञानको लाग्ने 
जिज्ञासा सृष्टिको आविष्कार मान्ने
प्रत्येक मुस्कानलाई दया गर्ने 
पत्ता अनि मानवमा समानता देख्ने
ज्ञानका धनी थिए मेरा गुरू बा !!!

प्रत्येक शिष्यमा कवि, बैज्ञानिक, दार्शनिक खोज्ने
रित्तो क्यानभासमा ज्यान भर्न सक्ने 
देश समाजलाई  गौरवमान अनि धनी पार्ने
हर एक बच्चाको मनोचिकित्सक बन्न सक्ने
ऊनै हुन देश समाजका गौरव मेरा गुरू बा !!!!

त्यसैले, शिक्षक करले होईन रहरले बन्ने 
ऊसमा मानवता मात्र होईन चरित्र हेर्ने 
धैर्य अनि सहिष्णुताको नमुना बन्ने 
युग परिवर्तनको क्षमता अनि  कौशल राख्ने 
यस्तै चाहिन्छ अब हामीलाई हाम्रो गुरू बा !!!!


सिलगड़ी 
०५-०९, २०२०

ताजा खबर