उपत्यकामा ३८८ संक्रमित थपिए, देशभर १ हजार १ सय २० 

२०७७ भदौ १७ बुधबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन्। तीन जिल्लामध्ये काठमाडौ ३५०, भक्तपुर ९ र ललितपुरमा २९ गरी ३ सय ८८ संक्रमित थपिएको थाहा भएको छ ।

यही अवधिमा देशभर थप १ हजार १ सय २० मा भाइरस संक्रमण भएको छ। यो समेत अब कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको बताईएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएको र हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको जानकारी दिएको छ।

 
 

ताजा खबर