शक्तिको आडमा ठगि गर्नेलाई ‘फरार’ भन्न प्रहरी विवश

२०७७ भदौ १७ बुधबार १३:४६:०० मा प्रकाशित

काठमाडौँ । शक्तिको उच्चतहमा पहुँच देखिने गरी प्रचार प्रशार गरेपछि सयखत पनि माफ हुन्छ भन्ने कुराको उदाहरण बालकृष्णका मित्र मनोजले देखाईदिएका छन् । एउटै अनियमितता काण्डमा एउटा साथी हिरासतमा काचिने तर अर्को चैं ‘फरार’ भएको हुने घटनालाई प्रहरी समेत अनुसन्धान गर्न नसकिरहेको देखिएको छ ।

लेनदेनको व्यवहारमा चेक बाउन्सको मुद्दामा ८ महिनादेखि लुक्दैछिप्दै बसेका भक्तपुर सुर्यबिनायकका बालकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । तर त्यही मुद्दामा बालकृष्णका साझेदार भने कैलाली धनगढीका मनोज भण्डारी ‘फरार’ भएको बताईएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी मनोज भण्डारी जागिर छाडेर ठेक्कापट्टामा लागेका थिए ।

केही व्यक्तिलाई विभिन्न प्रलोभन देखाई रकम लिने र फिर्ता माग्न जाँदा धम्की दिने गरेको पीडितहरुको गुनासो छ । हाल प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका घिमिरेले पीडितहरुलाई हिरासतबाटै धम्की दिने गरेको पीडितहरुको सिकायत रहेको छ ।

दर्जनौं व्यक्तिबाट रकम लिएर फरार भएका उनीहरुलाई अहिले पनि हिमालयन डेकोर प्रालिले संरक्षण गर्ने गरेको गुनासो पीडितहरुले गर्ने गरेका छन् । हिमालयन डेकोर प्रालिको आडमा उनीहरुले ठगी धन्दा चलाउँदै आएको देखिएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

२०७२ को भूकम्पले थापाथलीस्थित राष्ट्र बैंकको पुरानो भवन भत्काएपछि त्यसको पुनःनिर्माणको ठेक्का मनोजहरुको फर्मले पाएको हो । अघिल्लो शुक्रबार महानगरीय प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेका बालकृष्णको म्याद आइतबार थप भएको छ । फेरि दोस्रो म्याद मंगलबार थप भएकोमा शुक्रबार उनी उच्च अदालत पाटनको बाणिज्य इजलाशबाट जेल पठाइएका हुन् ।

बालकृष्णले बयानका क्रममा सबै कारोबार मनोजले गरेको भए पनि आफ्नो नामको चेक प्रयोग गरेका कारण आफू फसेको बताएका थिए । प्रहरीले मनोजको मोबाइल कल डिटेल्स र लोकेशन ट्रेससम्म गर्यो । तर, प्रहरीका उच्च अधिकारीको दबाबमा पक्राउ पर्नबाट जोगिएका छन् ।
 

ताजा खबर