‘मास्क अधिक प्रयोग नगरौं, जीवन जोखिममा पर्ला’

२०७७ भदौ १७ बुधबार १०:५६:०० मा प्रकाशित

 कोरोना भाईरस हावासँगै यात्रा गर्ने हुनाले त्यसलाई रोक्न विश्वभरी मास्कको प्रयोग बढेको छ । सरकार र स्वास्थ्य संस्थाहरुले मानिसहरुलाई मास्क प्रयोग अनिवार्य भनेर सचेत गराएका छन् । यही कारण धेरै देशमा मास्कको प्रयोग बाध्यकारी नै बनाइएको छ । तर मास्कले कति बेफाइदा गर्छ भन्ने तर्फ न कसैको ध्यान गएको छ नत गहिरो बहसनै हुने गरेको छ । 

मास्क लगाउनेहरुले नै भनिरहेका छन्, मास्क लगाउँदा अक्सिजन खपत कम भैरहेको छ । उनीहरूलाई आफूले फालेको कार्बन डाइअक्साइडले नै सास फेर्न बाध्य पारेको अनुभग भैरहेको छ । जसले गर्दा उनीहरूलाई कमजोर महसुस गराएको छ भने टाउको भारी भएको महसुस हुने गरेको छ । कसैकसैलाई त सधैं मास्क लाउँदा लाउँदा दिक्क पनि लाग्ने गरेको छ ।

लामो समय मास्क प्रयोग गरेका धेरै मानिस अहिले यो खतरनाक हो भनेर चिन्तित भएको पाईन्छ । कम अक्सिजन र बढि कार्बन डाइअक्साइडले उनीहरूको स्वास्थ्यलाई असर गर्न सक्ने भनाई स्वास्थ्य विशेषज्ञहरुकै छ ।

गएको  अप्रिल २३ मा न्युजर्सीको लिंकन पार्कको पोलमा एउटा गाड दुर्घटना भयो । त्यो गाडीका ड्राइभरले वास्तवमा उसको गाडी ठोक्किनुको दोष आफ्नो मास्कलाई दिएका थिए । उनले पुलिसलाई आफूले लामो समयदेखि एन ९५ मास्क लगाएकाले त्यसरी ठोक्किन पुगेको प्रहरीलाई बताएका थिए । सुरुमा, अनुसन्धान अधिकारीहरूले उनलाई विश्वास गरे । उनले फेसबुक पोस्टमा लेखेका थिए कि कारमा उनी एक्लै थिए । अपर्याप्त अक्सिजन र अत्यधिक कार्बन डाइअक्साइड लिएकोले गर्दा उकुसमुकुस भएर उनी बाहिर निस्किँदा गाडी पोलमा ठोक्किन पुगेको थियो ।

उनको पोष्ट २७ हजार भन्दा बढिले सेयर गरेका थिए । त्यसमा सयौं प्रतिक्रिया पनि आएका थिए । तिमध्ये केहिले मास्कको प्रयोगले भोग्नुपरेको दुःख र उकुसमुकुस महसुस भएको आफ्नै अनुभवहरू पोखेका थिए । पुलिस विभागले पछि मास्कले गर्दा यस्तो भएको हुनसक्ने भनेर शतप्रतिशत  ठोकुवा गर्न भनेको थियो । तर मास्कले उकुसमुकुस पार्न सक्ने, अक्सिजनको मात्रा घटाउन सक्ने र त्यसले दूर्घटनाको जोखिम बढाउन सक्ने सम्भावनालाई भने स्वीकार गरेको थियो । अक्सिजन कम र कार्बनडाईअक्साईड बढि भएपछि गाडी भित्रको मानिसलाई कतिबेला खुला हावामा निस्कौं भनेजस्तो महसुस हुने प्रहरीहरुले पनि स्वीकारेको थियो ।

त्यसैले मास्क लगाउनाले कसैले धेरै कार्बनडाईअक्साईड लिन सक्छ र अक्सिजनको मात्रा घटाउन सक्छ । यसो हुँदा कसैलाई टाउको दुख्ने, रिँगटा लाग्ने, टाउको भारी हुनसक्छ । त्यस्ता ब्यक्तिलाई बन्द ठाउँबाट बाहिर निस्किउँ निस्किउँ लाग्न सक्छ ।

अमेरिकाको नेसनल इस्टिच्युट अफ हेल्थ स्वास्थ्यको राष्ट्रिय संस्थानका अनुसार कार्बनडाईअक्साईडको मात्रा बढ्दा जीवननै जोखिममा पर्नपर्छ । कार्बनडाइअक्साइडको विषाक्त तत्वले पनि टाउको दुख्ने, चक्कर लाग्ने, डबल भिजन, ध्यान केन्द्रित गर्न असमर्थ हुने, टिनिटस (आवाज सुन्न सकिने, घण्टी बजेजस्तो हुनहुनाएको आवाज सुनिन हुनसक्छ ।

मास्कले गर्दा अक्सिजनकै मात्रा पनि घटाउन सक्छ । अनुसन्धाता डा क्यारोल भन्छन्, धेरै वा धेरै छिटो स्वास फेर्दा अक्सिजनको मात्रा घट्न सक्छ । किनभने यदि तपाईंले धेरै सास फेर्नुभयो भने तपाईं धेरै अक्सिजन भएरपनि स्वास बन्द हुनसक्छ । तर मुख्य मुद्दा के हो भने अक्सिजनले रगतको पिएचलाई नियमित गर्दछ । धेरै अक्सिजन भएमा रगत धेरै अम्लीय हुन्छ । कार्बनडाईअक्सिजन र अक्सिजन धेरै हुने, थोरै हुने भएमा क्षारीय हुन्छ । जे होस्, तपाईंको शरीरले अम्लिय मात्रामा भएको परिवर्तन पत्ता लगाउँछ । यस्तो बेला तपाईंलाई उकुसमुकुस भएर बाहिर निस्कन मन लाग्छ ।

त्यसो त, सबै मास्कले समान खाले समस्या निम्त्याउँदैनन् । ति कसरि बनेका छन् भन्नेमापनि भरपर्छ । मास्कको बनावट गर्दा अक्सिजनको मात्रालाई कसरि छान्छ भन्नेमा पनि भरपर्छ । कुन पदार्थ वा वस्तुबाट बनेको हो भन्नेपनि निर्भर गर्छ । मस्क भित्रको वस्तु कति कस्स्सिएको छ भन्नेपनि महत्वपूर्ण हुन्छ ।

“लामो समयसम्म एन ९५ मास्क लगाएको छ भने कसैको रगत रसायनमा परिवर्तन हुनसक्छ, जुन गम्भीर भएमा चेतनाको स्तरमा परिवर्तन आउन सक्छ भनी जोन्स हप्किन्स केन्द्रका वरिष्ठ विद्वान संक्रामक रोग विशेषज्ञ अमेश ए अदल्जा बताउँछन् । अमेरिकाको मेरील्याण्डस्थित स्वास्थ्य सुरक्षा निकायले पनि त्यहि बताएको छ ।

मास्कले धेरैजसो पहिले नै सास फेर्न कठिनाई हुनसक्ने सम्भावना हुन्छ । जस्तै धूम्रपान गर्ने, मोटो व्यक्ति, स्वाश्प्रस्वास जस्ता रोग भएका ब्यक्तिहरु ।

एयरफ्लो हेल्थकेयरका इन्टरनिस्ट र चिकित्सा सल्लाहकार एमडी, केल्ली रान्डेलले स्वास्थ्यका बारेमा बताएकि छन् – श्वास फेर्न अप्ठेरो भएकाहरु लगायत कुनैपनि अनुहारको मास्कको लामो प्रयोगले स्वस्थ व्यक्तिहरूमा कार्बन डाइअक्साइड विषाक्त देखाएको छैन । तर मास्क लगाएर सास फेर्नु भनेको अलि गाह्रो हुन्छ । त्यसैले उनको सिफारिस छ कि गम्भीर सीओपीडी वा अन्य फोक्सोको रोगबाट ग्रस्त व्यक्तिहरूले सास फेर्न गाह्रो बनाएको अवस्थामा अनुहारको मास्कको प्रयोगलाई ध्यानपूर्वक विचार गर्नुपर्छ ।

अन्तिम बिकल्प के त ? 

मास्क लगाउँदा अनिवार्य ठाउँमा मात्रै लगाउने । एक्लै हुँदा र सुरक्षित स्थलमा नलगाउने । किनकि मास्कले अक्सिजनको मात्रा घटाउँछ र कार्बनडाई अक्साईडलाई बढाउँछ । मास्कबाट कत्तिको हावा छिर्छ भन्ने याद गर्नुपर्छ । श्वास लिन र फाल्न गाह्रो भयो, स्वाँस्वाँ बढायो भने त्यो मास्क उचित छैन । श्वास प्रस्वाश, दम लगायतका समस्या भएका ब्यक्तिले झनै ख्याल गर्नुपर्छ । आफूलाई उचित हुने खाले मास्क खोज्ने, चिकित्सकको सहयोग लिने गर्नुपर्छ । (एजेन्सी)
 

ताजा खबर