ग्रीन टी: कोरोनाभाइरस संक्रमणमा उपयोगी पेय

२०७७ भदौ १७ बुधबार १०:२३:०० मा प्रकाशित

केही समय अघि वाशिंगटन पोष्टले एउटा स्वास्थ्य सम्बन्धी उपयोगी लेख प्रकाशित गरेको थियो । त्यसमा एउट प्रश्न सोधिएको थियो- कोभिड १९ बाट हुने मृत्युको संख्या पश्चिमी यूरोप र उत्तर अमेरिकाको तुलनामा एसियामा किन कम भएको छ ? 

जवाफ यस्तो थियो एसियाली देशहरूले विश्वको बाँकी ठाउँ भन्दा बढि हरियो चिया पिउँछन् । साथै धेरै जिन्क भएका खाना खान्छन् । यी दुवै चीजहरू शक्तिशाली एन्टीभाईरल पोषक तत्व हुन् । जिंक हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यू) सँगै लिएको पोषक तत्व हो । बिरामीहरूलाई वुहानमा कोरोनाभाइरसलाई जित्न मद्दत गर्नेमा अविश्वसनीय प्रतिज्ञा गरिरहेको तत्व यहि हो । तर हरियो चिया र ईजिसिजी अझ राम्रो समाधान हो । त्यो एक प्राकृतिक उपाय हो ।

जापान यस्तो देश हो जहाँ हरित चियाको खपत विश्वमा सबभन्दा बढि छ । त्यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या थोरै छ । भियतनाम र चीनको उदाहरणपनि त्यहि हो । दुबै क्रमशः दोस्रो र तेस्रो हरित चिया खपतका लागि चिनिएका देश हुन् ।

चिकित्सक जेरो हेजका अनुसार ग्रिन टीमा केही प्रमाणहरू के छन् भने एसियाली देशहरूमा हरित चियाको उपभोगले उच्च मृत्युदरलाई रोक्न मद्दत पुर्‍याइरहेको हुन सक्छ । किनकि यसले क्यान्सर र हृदय रोगसँग लड्नपनि काम गरिरहेको छ । उनले भनेका छन् ‘हरियो चिया कोरोना भाइरस विरुद्ध लड्ने शक्तिशाली हतियार हो ।’

अमेरिकाको तुलनामा जापान र चीनमा बढि पौष्टिक तत्व, स्वस्थ र फ्रेस खाना खाइन्छ । यो कारणले गर्दापनि कोरोना जन्मिएकै देशमा भन्दा बढि तयारि अवस्थाका खाना खाने देशहरुमा कोरोना भाईरस बढि सल्किएको  हो । यिनै देशबाट कोरोना अझ बढि फैलिएको हुन सक्छ ।

चिकित्सकहरुले के निचोड निकालेका छन् भने ग्रिन टी एशियामा सबैभन्दा बढि खपत हुनाले यो कोरोना भाईरसबिरुद्द लड्न शक्तिशाली देखिएको छ । भरतीयहरुको एक अध्ययनले के देखाएको छ भने एजिसिजि (ग्रीन टीमा पाइने तत्व) मा धेरै पाइन्छ । त्यसले कोरोनाको सक्रियतालाई निस्क्रिय बनाइदिन्छ । वा ढिलो पारिदिन्छ ।

क्वेरसेटिन भनिने एउटा तत्व हुन्छ त्योपनि ग्रीन टीमा पाइन्छ र यसले कोरोना भाईरसबिरुद्द लड्न सहयोग गर्छ ।

ताजा खबर