परिवारै आईसोलेसनमा, दाहसंस्कार र क्रियाकर्मको समस्या

२०७७ भदौ १२ शुक्रबार ०८:३२:०० मा प्रकाशित

उर्लाबारी, मोरंग । कोरोना संक्रमणले जीवन गुमाएका एक बृध्दको परिवारै आईसोलेसनमा बसेकाले दाहसंस्कार र क्रियाकर्म गर्न समेत समस्या परेको छ । शुक्रबार बिहानको राती उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकामध्ये एक ८३ वर्षीय बृद्धका परिवारका सबै सदस्य कमल गाउँपालिका–३ केर्खास्थित घरमा छन् ।

घरमूलीलाई कोरोना संक्रमणको पुष्टी भएपछि उपचारका लागि धरान लगिएसँगै परिवार आइसोलेसनमा बसेका हुन् । अस्पतालमा पनि परिवारका केही सदस्यलाई टाढैबाट एकपटक हेर्न दिएपछि निषेध गरिएको ती बृध्दका निकट नातेदारले सरल पत्रिकासँग बताए ।

एकजना छोरा अमेरिकामा छन् भने अर्का कान्छा छोरा घरमै छन् । झापा र मोरंगमै बसोबास गर्ने छोरीहरु र नातेदार पनि दाहसंस्कारमा सरिक हुन नमिल्ने भएपछि परिवार चिन्तित भइएको छ ती सदस्यले बताए ।

  धरानमा मृत्यु हुनेमा मोरंगका अर्का ५६ वर्षीया महिला हुन् । बेलबारी – ५ मोरङ घर भएकी महिलाको शुक्रबार बिहान सवा तीन बजे मृत्यु भएको हो । उनलाई भदौ ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत साता उपचारका लागि धरान लगिएको थियो ।

ती महिलका परिवारका एक सदस्यमा पनि संक्रमण देखिएकाले मेची अस्पताल भद्रपुरको आइसोलेसन राखेर उपचार भइरहेको थाहा भएको छ ।

ताजा खबर