सुर्खेतको प्रदेश अस्पतालका छ चिकित्सक संक्रमित, बहिरंग सेवा बन्द

२०७७ भदौ ११ बिहीबार ०८:०५:०० मा प्रकाशित

सुर्खेत । स्थानीय प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका ती चिकित्सकमा दुई कन्सल्ट्यान्ट र चार मेडिकल अधिकृत भएको अस्पतालले जनाएको   छ । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको बुझिएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए । 

हाल  कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले बिहीबारदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको सूचना प्रकाशित गरेको छ । 

संक्रमणको अवस्था एक हप्तासम्म हेरेपछि आवश्यकता अनुसार, अर्को निर्णय गर्ने निर्देशक खड्काले बताए । यसअघि अस्पतालका तीन चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

ताजा खबर