'जो अबेर सुत्छ, उ चाँडै बित्छ'- अनुसन्धान

२०७७ भदौ ९ मंगलबार १२:१३:०० मा प्रकाशित

छिटो र ढिलो सुत्ने मानिसहरुको स्वास्थ्यमा गरिएको एक अध्ययनले निराशाजनक तथ्य सार्वजनिक गरेको छ । अध्ययनले राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्यु हुने खतरा औंल्याएको छ ।

यसका अतिरिक्त राती अबेरसम्म नसुत्ने मानिसमा मनोबैज्ञानिक समस्या तथा श्वास प्रश्वासमा समेत समस्या हुने गरेको पाइएको छ । म्यूनिखको लुडविग म्याक्समिलन विश्वविद्यालयमा क्रोनोबायोलोलीका प्राध्यापक टिल रोएनवर्गका अनुसार बिहान ढिलो उठ्ने मानिसको स्वाथ्यमा बढी जोखिम हुने गर्छ ।

स्लीप एण्ड सर्केडियन न्यूरोसाइन्स इन्सिच्यूट र नफील्ड ल्याब्रोटरी अफ आप्थलमोलोजीका प्रमुख रसेल फोस्टरका अनुसार यदी बिहान छिट्टै उठ्ने मानिसलाई राती अबेरसम्म काम गराएमा उनीहरुको स्वास्थ्यमा समस्या आउन थाल्छ । 

मानिसको सुत्ने र उठने समय अनुशासनको विषय मात्र  नभएको  शोधकर्ताहरुको दाबी छ । उठ्ने र सुत्ने बानीमा ५० प्रतिशत जीनको पनि भूमिका हुने शोधकर्ताहरु बताउँछन् ।  बाँकी ५० प्रतिशत पर्यावरण र उमेरले निर्धारण गर्ने उनीहरुको दाबी छ ।

२० वर्षको उमेरमा मानिस अबेर सुत्ने बानीको चरम अवस्थामा हुने गर्छ । उमेर बढ्दै जाँदा मानिसको बडी क्लकले यसलाई पहिलेकै अवस्थातर्फ लैजान्छ । युनिभर्सिटी अफ सरे मा क्रोनो बायालोजीका प्राध्यापक म्याक्लम वान शात्ज भन्छन, अबेर राती सुत्ने मानिस अल्छि हुन्छन् तर यो मानव जीवन विज्ञान हो । यही विज्ञानले उल्लु चरा तथा अन्य पंक्षिलाई पनि प्रभावित गर्छ ।

अबेरसम्म निद्रा नलाग्नुका पछाडि सूर्योदय र सूर्यस्तसँग पनि जोडिएको हुन्छ । दिउँसोमा सूर्यको प्रकाशभन्दा रातीको समयमा कृत्रिम प्रकाशमा बस्दा यस्तो समस्या हुन्छ । यसले छिटो निद्रा लाग्दैन । यो राती अबेरसम्म जागै रहने मानिसको साझा समस्या हो । जो पहिले देखिनै आफ्नो जीवन विज्ञानमा चल्दै अबेर सुत्ने समस्याबाट पिडित हुन्छन् ।

बिहान सूर्यको प्रकाश लिने र राती कृत्रिम प्रकाश जस्तै मोबाइल र ल्यापटपबाट आउने निलो प्रकाशबाट आफूलाई बचाउन सकेमा ढिलो निद्रा लाग्ने समस्या अन्त्य हुन्छ । (एजेन्सीको सहयोगमा)

ताजा खबर