७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

२०७७ भदौ ८ सोमबार १८:४८:०० मा प्रकाशित

काठमाडौं । गएको चौबीस घण्टामा कोरोना भाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमित भएको पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५८ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल संस्थागत् आइसोलेसनमा नौ हजार १५४ र होम आइसोलेसनमा चार हजार ५६१ जना बसेको जानकारी दिए।

ताजा खबर