कट्रिनाले भनिन्, ‘रणबीरसँग काम गर्दिनँ’

२०७४ असार ६ मंगलबार ०६:३७:०० मा प्रकाशित


एजेन्सी, ६ असार । रणबीर कपुर र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासूस’ अर्को महिना रिलिज हुनेछ । दुबै यो फिल्ममा ब्रेकअपपछि पनि काम गरिरहेका छन् । यद्यपी, कट्रिनाले यो फिल्मपछि अब रणबीरसँग भविष्यमा कहिले पनि काम नगर्ने स्पष्ट पारेकी छिन् । एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार कट्रिनाले फिल्मको प्रोमोशनल इभेन्टमा उनका लागि रणबीरसँग काम गर्न निकै कठिन छ ।

कट्रिनालाई उनी भविष्यमा रणबीरसँग काम गर्ने सम्भावना कत्तिको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, ‘यो निकै कठिन छ ।’ दुबैसँग नजिक रहेका निर्देशकले भने, ‘हुन त कट्रिना र रणबीरसँग भविष्यमा एक–अर्कासँग काम गर्नका लागि न त कुनै डेट्स छ न नै टाइम ।’ कट्रिना ‘टाइगर जिन्दा हे’ र ‘ठग्स अफ हिन्दोस्तां’ मा काम गरिरहेकी छिन् भने रणबीर संजय दत्तको बायोपिक र अयान मुखर्जीको ‘ड्र्यागन’ मा व्यस्त छन् ।

ताजा खबर