दार्जिलिङमा अहिलेसम्म ३ हजार ८३८ संक्रमित फेला

२०७७ भदौ ४ बिहीबार १४:१०:०० मा प्रकाशित

नयाँदिल्ली । भारतमा बितेका चौबीस घण्टामा ६९ हजार १९६ कोरोना संक्रमित बिरामी फेला परेका छन् । यही अविधमा ५९ हजार निको भएर घर फर्किएका छन् भने ९७९ को मृत्यु भएको छ ।

 भारतभर अहिले ६ लाख ८५ हजार २३१ संक्रमितको उपचार भैरहेको र करिब २१ लाख निको भएर घर फर्किइसकेका छन् । भारतमा कोरोना संक्रमितको संख्या हालसम्म २८ लाख ३५ हजार पुगिसकेको छ भने बितेको २४ घण्टामा मात्र झण्डै ७० हजार थपिएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का अनुसार देशभर १९ अगस्टसम्म ३ करोड २६ लाख ६१ हजार २५२ संक्रमितको परीक्षण भएको छ । 

केरलमा कोरोना संक्रमितको उपचारमा संलग्न १८ जुनियर डाक्टरले हाईकोर्ट ढोका ढक्ढक्याएका छन् । उनीहरुले आफ्नो तलब भुक्तानी गराई पाउन राज्य सरकारलाई निर्देशन दिन अदालत समक्ष याचना गरेका छन् ।

पश्चिम बंगालको सिलिगुडीमा बिहीबार लकडाउन गरिएको छ । संक्रमण बढ्दै गएपछि यहाँ साताको दुइदिन लकडाउन गर्न थालिएको हो । सिलिगुडीका ६२ प्रतिशत भूभाग दार्जिलिङ र ३८ प्रतिशत जलपाईगुडीमा पर्छ । दार्जिलिङमा अहिलेसम्म ३ हजार ८३८ र जलपाईगुडीमा २ हजार २ हजार ४३१ संक्रमित भेटिएका छन् ।
 
     
 
 

ताजा खबर