काठमाडौंमा अहिलेसम्मकै बढी २०५ जना सङ्क्रमित

२०७७ भदौ २ मंगलबार १६:५९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा २०५ जनामा सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा देशभरि हालसम्मकै उच्च एक हजार १६ जना सङ्क्रमित पुष्टि भएकोमा काठमाडौं उपत्यकाका मात्रै २०५ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना सङ्क्रमितको पुष्टि भएको छ ।

कठमाडौं उपत्यकामा पछिल्लो एक सातादेखि दैनिक एक सय जनामा सङ्क्रमित फेला पर्दै आएको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबार १६८ जना सङ्क्रमितको पुष्टि भएको थियो । आइतबार ११९ जना सङ्क्रमित फेला परेको थियो ।

ताजा खबर