एसईई परीक्षा परिणाम: चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित

२०७७ भदौ १ सोमबार २०:५२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

वि।सं। २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ । विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए ।

विद्यार्थीको ग्रेड सिट १५ दिनपछि

यसैबीच, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट ९प्रमाणपत्र० १५ दिनपछि पाउनेछ । बोर्डका अध्यक्ष पौडेलले मङ्गलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिए। कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन केही कठिनाइ हुने देखिएको बताए ।

गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । यसैबीचमा सरकारले पूर्वनिर्धारित हिसाबले परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेपछि विद्यालयले यसअघि गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा दिने नीतिगत निर्णय सरकारले गरेको थियो ।

 

यी लिंकमा हेर्न सकिन्छ रिजल्ट-

ताजा खबर