राम मन्दिरका महन्तलाई कोरोना पोजिटिभ

२०७७ श्रावण २९ बिहीबार १४:००:०० मा प्रकाशित

 काठमाडौं । राम मन्दिर ट्रस्टका अध्यक्ष महन्त नृत्यगोपाल दासलाई कोरोना पोजिटिभ देखिएको छ । उनी  ८ दिन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भूमिपूजामा सहभागी भएका थिए ।

८२ वर्षीय नृत्यगोपाल बुधवार मथुरामा श्रीकृष्ण जन्माष्टमी मनाउन पुगेका थिए । उनी राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट र श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यक्ष हुन् ।

यसैवीच उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फोन गरेर महन्तको स्वास्थ्यबारे जानकारी लिएका छन् । महन्तलाई मेदान्त अस्पतालमा उपचारार्थ भर्ना गरिएको बताईएको छ ।
 

 
 

ताजा खबर