नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०७७ श्रावण २५ आइतबार ०७:२८:०० मा प्रकाशित

क्वाम्प नोउ : स्पेनिस महारथी बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको लिगको दोस्रो लेगको खेलमा इटालियन क्लब नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। 

गत फेब्रुवरी मै भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगको खेलमा नापोलीविरुद्ध ३–१ को जित हात पार्दै समग्रमा ४–२ गोलअन्तरका सहित अन्तिम ८ मा प्रवेश गरेको हो। 

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले  अग्रता बनाएको थियो । त्यसपछि २३औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए। 

पहिलो हाफमो थप समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वारेजले गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको लगतै नापोलीले पनि पेनाल्टीको अवसर पायो ।  थप समयको पाँचौँ मिनेटमा इन्सिग्नेले त्यसलाई गोलमा परिणत गरी अग्रता घटाउने प्रयास गरे ।  

दोस्रो हाफमा कुनै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३–१ ले जित हात पार्न सफल भयो। 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर