नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

२०७७ श्रावण २५ आइतबार ०६:३१:०० मा प्रकाशित

चितवन — पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ  चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो झर्नेक्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम सुरु गरिने उनले बताए ।
(कान्तिपुर अनलाइनबाट)
 

ताजा खबर