२४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण २५ आइतबार ०६:२५:०० मा प्रकाशित

काठमाडौँ — काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

कोरोना प्रभावले सोमबार दिउँसो सुनसान देखिएको सिंहदरबार अगाडिको सडक

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।

२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर