पहिरोले पुरिएर नौको मृत्यु, ५७ बेपत्ता

२०७७ श्रावण २४ शनिबार ०८:०८:०० मा प्रकाशित

भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् ।

केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको उनीहरुले बताएका छन् । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको उनीहरुको भनाई छ ।

बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा बलियो टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिनुभयो ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली गएको जनाइएको छ ।

मुख्यमन्त्रीको कार्यालयले पहिरोमा परेकाहरुलाई उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन सम्पर्क समेत गरेको थियो ।

अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पु¥याएको छ ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर