इलाममा सीमाबाट लुकिछिपि आउने ठप्प

२०७७ श्रावण २३ शुक्रबार ०९:४३:०० मा प्रकाशित

इलाम । कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । देशमा लकडाउन भएको एक महिनाभित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेश गर्नेको संख्या पाइएको छैन ।

लकडाउन सुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली राखियो पछि ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र अवैद व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सिमाबाट लुकिछिपि आउनेको संख्या ढप्प बनेको हो ।

१५ दिन यता सशस्त्र प्रहरीमा ४६ जनालाई कोरोना संक्रमण पोजेटिभ पाइएपनि सिमानामा खटिएकमा सम्स्या नभएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताए । उनले भने सिमामा देखिएका पनि क्वारेन्टाइनमा खटिएका हुन । सिमानामा खटिएका हरुलाई सुरक्ष्ति तरीकाले राखेको हुँदा अन्यन्त्र फैलने जोखिम छैन ।

अहिले जति पनि देखिएको छ सबै गणमा रहेका हुन उनीहरुमा पनि खतरा भने छैन । केही थप उपचारका लागिगएका छन् भने केही उपचारपछि फर्किसकेकाले पनि ठूलो समस्या नभएको न्यौपानेको भनाई छ ।

“अहिलेसम्म समुदाय स्तरमा नपुगेको र अव पनि नफैल्योस भनेर थप कडाई गरिरहेका छौँ’ उनले थपे ‘अहिले जुन ठाउँमा संका छ त्यस ठाउँको पहिचान गरेर परिक्षण गर्ने काम भइरहेको छ । सुरक्षित बन्नको लागी त प्रशासनले कानुनिरुपमा मात्र कडाई गर्ने आफू सुरक्षित बन्नको लागी सर्वसाधारण आफूनै धेरै सुरक्षित बन्नु पर्ने पनि उनको भनाई छ ।

जिल्लालाई थप सुरक्षित बनाउन कसरी अघि बढ्ने भन्ने कुरामा आज बैठक राखेका छौँ बैठकले जे निर्णय गर्छ त्यसैअनुसार अघि बढ्ने पनि सहायक प्रजिअ न्यौपानेको भनाइ छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर