अहमदाबादको कोभिड अस्पतालमा आगलागी : ८ को मृत्यु

२०७७ श्रावण २३ शुक्रबार ०९:२९:०० मा प्रकाशित

अहमदाबादको नवरंगपुरा इलाकाका कोभिड अस्पतालमा आगलागी हुँदा ८ विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पूरुष र ३ महिला छन् ।

आगलागी भएको श्रय हस्पिटललाई सील गरिसकेको एडिनसनल चिफ सेक्रेटरी राजिव कुमार गुप्ताले बताए । ४१ विरामीलाई सरदार बल्लभ भाइ पटेल अस्पतालमा सारिएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

आगलागी सर्ट सर्किटका कारण भएको बताइएको छ । यसमा कोविडका विरामीका लागि ५० बेड राखिएको छ र ४० देखि ४५ विरामी भर्ना रहेको प्रहरीले जानकारी दिए ।

मर्नेको संख्या बढ्न सकिने प्रहरीले बताएको छ । यसबीच मृतकका नातेदारले अस्पताल प्रबन्धनले आगलागीको जानकारी प्रहरी तथा अग्निसमनकर्तालाई ढिलो गरि दिएको आरोप लगाएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर