१६२ स्थानमा सडक अवरुद्ध

२०७७ श्रावण २३ शुक्रबार ०८:५८:०० मा प्रकाशित

काठमाडौं : यस वर्षको बाढीपहिरोले मुलुकभर राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा ठूलो क्षति पु¥याएको छ। सडक विभागका अनुसार बाढीपहिरोले १ सय ६२ स्थानमा क्षति पु¥याएको छ। पहिरो खस्ने, नदी कटान, सडक भासिने र ढुंगा खस्नेलगायत समस्या देखिएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले  जानकारी दिए।

अविरल वर्षाले निरन्तर पहिरो खस्नुका साथै केही स्थानमा पुल पनि बगाएको 

 

बाढीपहिरोले राष्ट्रिय तथा सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा अर्बौंको क्षति

भागले सडक सञ्चालन गर्न विभिन्न डिभिजन कार्यालयमार्फत मेसिन र कर्मचारी परिचालन गरेको छ। पहिरो हटाउने र बाढीले क्षति पु¥याएका सडक मर्मत गर्ने काम भइरहेको छ। तर, लगातारको वर्षाले प्रयास सफल भएको छैन। बुधबार साँझसम्म बाढीपहिरोले २२ वटा सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् भने ६२ वटा सडक आंशिक वा एकतर्फी सञ्चालन भएको छ। ७८ वटा सडक मर्मत गरी सञ्चालन गरिएको विभागले जानकारी दिएको छ। 

सडक सञ्चालन गर्न सडक विभाग मातहत रहेका १९८ वटा मेसिन परिचालन गरिएको सापकोटाले जानकारी दिए। धेरै क्षति पुगेको स्थानमा मेसिन भाडामा लिएर पनि काम भइरहेको उनले बताए। ‘पृथ्वी राजमार्ग मात्रै ५० स्थानभन्दा धेरै ठाउँमा क्षति पुगेको थियो। उक्त राजमार्गको अवरोध हटाउन सफल भएका छौं’, सापकोटाले भने, ‘पछिलो केही दिन वर्षा कम भएकाले पृथ्वी राजमार्ग सञ्चालन गर्न सम्भव भएको हो।’ अरनिको राजमार्ग, साँफेबगर–मार्तडी सडक, बेसीसहर चामे सडक। 

बेनी जोमसोम कारोला सडक र महाकाली राजमार्गमा अवरोध हटाउन समस्या भइरहेको सापकोटाले बताए। उक्त सडक खण्डमा अविरल वर्षाले निरन्तर पहिरो खस्नुका साथै केही स्थानमा पुल बगाएको छ। विभागले मेसिन प्रयोग गरेर पहिरो हटाइरहे पनि नयाँ पहिरो खसेकाले समस्या देखिएको उनको भनाइ छ।

बाढीपहिरोले करिब एक दर्जन पुलमा क्षति पु¥याएको विभागले जानकारी दिएको छ। विभागका अनुसार केही स्थानका पुल र पहुँच सडक पहिरो र बाढीले बगाएको छ। पहिरोले सबैभन्दा धेरै क्षति बेनी जोमसोम कोरेला सडक खण्डको पुलमा पु¥याएको छ। बेनी जोमसोम कोरोला सडकको दाना, गलेस्वोर, काभ्रेभिर, घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाएको छ। सोही सडकको रुप्से खण्डमा स्ल्याब कल्भर्ट बगाएको र निर्माणाधीन पुलको जग पुरिएको छ। साथै खहरे खोला डाइभर्सन तथा निर्माणाधीन पुल पनि बगाएको छ। साँफेवगर–मार्तडी सडकको ताप्रिसेरा घट्टेखोलोको पुल बगाएको छ।

अरनिको राजमार्गको दाकलांग, झ्याले÷बुल्कोट र जम्बु खण्डका सडक भासिएको र बगाएको छ। साँफेबगर–मार्तडी सडकको अम्कोटोवारी खण्ड असार २५ गतेदेखि अवरुद्ध छ। बूढीगंगा नदीको बहावले ५०० मिटरभन्दा धेरै सडक बगाएको छ। कान्ति लोकपथको घट्टे पख, बाघ घारा, शिलालेख, रातोभिर छपेली, भालुखोला बिर्खेघारामा पहिरो सफा गरी यातायात सञ्चालन भए पनि पुन अवरोध भएको छ।

बेसीसहर चामे सडकको चम्चे, म्यार्दी ढुंगासहित पहिरो आएकाले सडक अवरोध छ। साँफेवगर–मार्तडी सडकको बल्दे र अम्कोट खण्डको पहिरो यातायात अवरुद्ध छ। महाकाली राजमार्गको सतबाँझ दार्चुला सडक बगाएको छ। बेनी जोमसोम कारोला सडक, नच्योग, तातोपानी सडक माथिबाट पहिरो आएकाले सडक अवरुद्ध छ। सोही सडक खण्डमा पर्ने काइकु खोलाले घासा स्ल्याब कल्भर्ट बगाएको र दुवैतर्फको पहुँच मार्ग बगाएको छ। लेते खोलाको सडकमा पहिरो खसेर यातायात अवरुद्ध छ। 

बेसीसहर चामे सडक च्याम्चे द्धहरा नजिकै पहिरो खसेको र खरखेर भीर पहिरोले पुन यातायात अवरोध पु¥याएको छ।गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको मैलुङस्याफ्रु खण्ड पहिरो र लेदो खसेकाले साउन १ गतेदेखि अवरुद्ध छ। सो सडकको स्याफ्रु–रसुवागढी खण्ड पनि पहिरोका कारण एक सातादेखि अवरुद्ध छ। कक्रहवा–रुद्रपुर–सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकका विभिन्न चेनेजमा पहिरो, सडक भाँसिने लगाएको समस्या छ। हुलाकी राजमार्गअन्तर्गतको सत्ती भजनी धनगढी सडक खण्डको कृष्णनगर र सोनापफाटामा बाढीले सडक बगाएको छ। 

दुई अर्बको क्षति
बाढीपहिरोले मुलुकभरको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा अर्बको क्षति भएको छ। विभागका अनुसार बुधबारसम्म बाढीपहिरोले करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। आंशिक रूपमा यातायात सञ्चालन गर्न सामान्य खर्च लाग्ने भए पनि पुनस्र्थापन गर्न दुई अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ। 

पहिरो पन्छाएर र पानी कटाएर आंशिक रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ। अविरल वर्षाले पहिरो नरोकिएकाले सडक मर्मत गर्न कठिन भइरहेको विभागका अधिकारीको भनाइ छ। सडक मर्मत सम्भारका लागि सरकारले चालु आवमा ७ अर्ब २१ करोड रुपैयाँ सडक बोर्डमार्फत विनियोजन गरेको छ। यो रकम स्थानीय, प्रदेश र सडक विभागका सडक मर्मत सम्भारमा खर्च हुनेछ। सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतका अनुसार उक्त रकम बाँडफाँटका लागि बोर्डको समितिमा छलफल भइरहेको जानकारी दिए।
(अन्नपूर्ण पोष्ट दैनिकबाट)

ताजा खबर