मास्क सडकमै !

२०७७ श्रावण २३ शुक्रबार ०८:२७:०० मा प्रकाशित

कोभिड–१९ को संक्रमणबढेसँगै मास्क र ग्लोभको प्रयोग गर्नेको संख्या पनि बढेको छ। मास्क र ग्लोभ प्रयोग गरेपछि उचित व्यवस्थापन नगर्दा शहरहरुमा झन जोखिम बढेको छ। प्रयोग गरिसकेका मास्क र ग्लोभ उचित ब्यवस्थापन नगरी जथाभावी फ्याक्दा शहरमा झन जोखिम बढेको हो। 

प्रयोग गरिसकेको मास्क र ग्लोभ सडक पेटी, फुटपाथ, सडक भित्ताहरूमा र खुल्ला ठाउँमा देखिएको छ। प्रयोग गरिएको मास्क र पन्जाले समाग्रीबाट कोरोना भाइरस संक्रमण हुने कुनै वैज्ञानिक पुष्टि नभए पनि यसले शहरमा प्रदूषण बढाउनुका साथै कोरोना भाइरस बाहेक अन्य रोगहरूको संक्रमण हुन सक्ने खतरा बढाएको हो।
 


(नागरिक न्युजबाट)

ताजा खबर