बेरुत घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

२०७७ श्रावण २३ शुक्रबार ०८:०३:०० मा प्रकाशित

काठमाडौँ — लेबनानको राजधानी बेरुतमा भएको विस्फोट घटनालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

 

परराष्ट्र मन्त्रालयमार्फत बिहीबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले लेबनानका राष्ट्रपति माइकल इयोनलाई सन्देश पठाउँदै विस्फोटमा ज्यान गुमाउनेहरु र सम्पतिको विनाशलाई लिएर शोक व्यक्त गरेकी हुन् ।

बेरुतमा मंगलबार भएको विस्फोटमा एक सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपति भण्डारीले घाइतेहरुको छिटो स्वस्थताको लागि कामना पनि गरेकी छन् । उनले अहिले चलिरहेका उद्धारका प्रयासहरु सफल हुने र छिटै अवस्था समान्य रुपमा फर्कने विश्वास समेत व्यक्त गरेकी छन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर