आजदेखि सवारी साधनमा जोर-बिजोर लागू, कसलाई छुट कसलाई छैन ? (विज्ञप्तीसहित)

२०७७ श्रावण २२ बिहीबार ०९:३०:०० मा प्रकाशित

 

न्युज अफ नेपाल,काठमाडौं ।सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी जोर बिजोर प्रणाली लागु गरेको छ ।उपत्यकाभन्दा बाहिर पनि २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागु गरिने गृह मन्त्रालयले जनाएको छ ।बुधबार रातीएक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ । पत्रकार बैंकका कर्मचारी लगाएतलाइ भने जाेरबिजाेर लागु हुने छैन ।आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।बिज्ञप्ति हेर्नुहोस्…
(नेपाल समाचारपत्र दैनिकबाट)


 

 

 

ताजा खबर