फेसवुकले किन डिलिट गर्‍यो ट्रम्पको स्टाटस ?

२०७७ श्रावण २२ बिहीबार ०८:४८:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक स्टाटस फेसवुकले डिलिट गरेको छ। उनले कोरोना भाइरसबारे स्टाटस अपडेट गरेका थिए। ट्रम्पले गलत सूचना सेयर गरेको भन्दै फेसवुकले उनको स्टाटस डिलिट गरेको हो। उनले स्टाटससँगै फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको क्लीप पनि सेयर गरेका थिए। उनले भिडियोमा कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित रहेको बताएका छन्।

ट्रम्पले लगातार कोरोना भाइरसबारे गलत सूचना दिँदै आएका छन्। फेसबुकले भनेकोछ, 'हामी गलत सूचनाको विपक्षमा छौं। ट्रम्पले उक्त भिडियो पोस्टमा गलत सूचना दिएका छन्। हामी गलत सूचना प्रवाहको विरुद्धमा छौं।'
(नागरिक न्युजबाट)

ताजा खबर