बीरगन्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु

२०७७ श्रावण २१ बुधबार ०९:१९:०० मा प्रकाशित

वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोभिड अस्पताल बीरगन्जले जनाएको छ । पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई पखाला लागेपछि उपचारकोलागि अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर